प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ


काठमाडौँ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । सीआईबी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

यसअघि सीआईबीले ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो ।