पूर्वसांसद गंगा थारुमाथि  स्थानीय महिलाद्वारा कुटपिट


काठमाडौँ। 

पूर्व सांसद गंगा थारु  आफ्नै गाउँमा कुटिएकी छन् । गाउँमै भएको  बाटोसम्बन्धी  छलफलको क्रममा  वादविवाद चर्किएपछि  उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि उनीमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको बताइएको छ  ।

घटनापछि गंगाको घुडामा चोट लागेको छ भने उनका अनुसार  मंगलसूत्रसमेत  हराएको छ।