बसिर अहमदको चमकदार अर्धशतक, विराटनगर किङ्सले कर्णालीलाई हरायो


काठमाडौँ।

बसिर अहमदको धारिलो ब्याटिङ प्रदर्शनको बलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा अहमदले ६२ रनको उत्कृष्ट पारी खेलेर टीमलाई जित दिलाए।

विराटनगरका ओपनर जर्ज मून्से शून्यमै आउट भए भने लोकेश बम ६ रनमै पेभेलियन फर्किए। साम हेजलेट १६ रनमा आउट भए। सहिल पटेल र बसिर अहमदले समान १९–१९ रन जोडे। मर्चेन्ट दे लांगे २ रनमै आउट भए भने २५ रनका नारायण जोशी नन्दन यादवको बलमा पभेलियन फर्किए। प्रतिश जिशी ६ रनमा आउट भए। सन्दीप लामिछाने भने ६ रनमा नटआउट रहे।

कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले समान दुई–दुई विकेट हात पारे। पवन सर्राफ, विलियम बसिस्टो र नन्दन यादवले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६० रन बनायो। प्रियान्क पन्चालले सर्वाधिक ६३ रन जोडे। गुलशन झाले २०, माक्स वाटले ६ रन बनाए भने विलियम बसिस्टोले ४८ रनको योगदान दिए। नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे।

विराटनगरका लागि मर्चेन्ट दे लेन्गे र कप्तान सन्दिप लामिछानेले समान एक–एक विकेट लिए।