एमाले महाधिवेशन प्रतिनिधिको लागि ललितपुरमा उम्मेदवारको लर्को 

यी हुन् उम्मेदवारहरु 

1.79k
Shares

ललितपुर ।

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११ औँ महाधिवेशनको लागि बुधवार देशैभर प्रतिनिधि चयनको काम भइरहेको छ । यसैबीच ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको लागि कोटाभन्दा धेरै आकाङ्क्षीहरु मैदानमा देखिएपछि मतदान हुने देखिएको छ ।

बुधवार एमाले जिल्ला पार्टी कार्यालय  सातदोबाटोमा प्रतिनिधिका आकाङ्क्षीहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको लागि ललितपुर क्षेत्र नं १ बाट खुल्लातर्फ २ जना, महिलातर्फ २ जना र युवा क्लस्टरबाट १ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जसमध्ये खुल्लामा ८ जना, महिलातर्फ ५ जना र युवातर्फ ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । खुल्लातर्फ रमेश चन्द्र घिमिरे, मिठाराम केसी, चेतनाथ सञ्जेल, मधुसूदन पौडेल, कृष्णप्रसाद सापकोटा, ईश्वरीप्रसाद घिमिरे, पुरुषोत्तम आचार्य र कृष्णमान लामाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। 

यसैगरी क्षेत्र नम्बर १ बाटै महिलातर्फमा तारा सन्जेल, कमला लामा, भवानी बजगाईँ, गोमा घिमिरे र गमला विष्ट उम्मेदवार रहेका छन् भने युवा कोटातर्फ राजेन्द्र न्यौपाने, विक्रम घिमिरे र रोहन लामा उम्मेदवार रहेका छन् ।

क्षेत्र नं २ बाट खुल्लातर्फ २ जना तथा महिला र युवा कोटामा १/१ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा खुल्ला र महिलातर्फ ६/६ जना र युवातर्फ ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्नेमा खुल्लातर्फ नवीन तण्डुकार, चिरञ्जीवी आचार्य, रामहरि बजगाइँ, श्याम व्यञ्जनकार ,समिर मर्दन केसी र अष्टवीर व्यञ्जनकार रहेका छन् । महिला उम्मेदवारमा २ नं क्षेत्रबाट पृथविन्दु महर्जन, देवीका राई, कला भण्डारी, पार्वती बन्जारा, विष्णु राई र तारा केसी छन् । यसैगरी युवा क्लस्टरमा सुजित बस्नेत, विक्रान्त केसी सुवेदी र सुजिन महर्जन उम्मेदवार रहेका छन्।

क्षेत्र नं ३ बाट खुल्लातर्फ २ तथा महिला र युवातर्फ १/१ जना प्रतिनिधि सहभागी हुनेमा बुधवार खुल्लामा १२, महिलामा ५ र युवा क्लस्टरमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुल्लातर्फ उम्मेदवारी दर्ता गर्नेमा रघुनाथ महर्जन,बाबुकाजी प्रधान, मोहनविक्रम सिलवाल,विभोर लामा, रत्न महर्जन,कुलरत्न ब्रह्मचार्य,

केशवराज सापकोटा,राजेन्द्र श्रेष्ठ, पुरुषोत्तम ढुंगाना, दिलिप कुमार शर्मा( राजु),प्रेमभक्त महर्जन र सन्दन थापामगर रहेका छन् ।

 यस्तै महिलातर्फ सरस्वती खड्का,कलमा थापा,चन्द्रकला घिमिरे,शशिकला सुवेदी र सुकुमाया लामा रहेका छन् भने युवातर्फ प्रवेश दाहाल,कृष्णहरि थापा, ज्ञानभक्त डंगोल, सुवोध खड्का,सुव्रतमणि दिक्षित, सरोज महर्जन,संगीता अछामी,दिनेश महर्जन र विक्रम थापाले उम्मेदवार दर्ता गरेका छन् ।

जिल्ला निर्वाचन क्षेत्र( दलित) क्लस्टर मा भने प्रदीप रम्तेल एकजनाको मात्र उम्मेदवारी परेको छ । मनोनयन गरेका सबै उम्मेदवारबीच छलफल गरि सर्वसम्मत निर्णय गरी पठाउने भनिए तापनी धेरै आकाङ्क्षी भएकाले सहमतिको सम्भावना न्यून रहेको जिल्ला तहका नेताहरु बताउँछन् । सहमती नभए तीनै क्षेत्रमा आगामी मङ्सिर १३ गते शनिवार निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिनेछ ।