काठमाडौँ।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा जेनजी युवाहरुले प्लाकार्डसहित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन्।
२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार पतन भएको पृष्ठभूमिमा बस्नेत निरन्तर जेनजी युवामाथि टिप्पणी गर्दै आएका छन्।
यसअघि पनि ४ मंसिरमा बस्नेत बाराको परवानीपुर आउने खबर पाएपछि जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।त्यस्तै ७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।
मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए । २३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता सबैभन्दा पहिले एमालेको तर्फबाट बोलेर सडकमा उत्रिने उनै बस्नेत हुन्।
त्यसपश्चात नेता बस्ने जता गए त्यतै उनीविरुद्ध निरन्तर विरोध प्रदर्शन भइरहेका छन् ।











प्रतिक्रिया