ललितपुर ।
नेपालभाषाका साहित्य क्षेत्रमा समालोचनात्मक कृतिहरू प्रकाशित हुने क्रम अहिले कम हुँदै गएको परिवेशमा डा. ज्योति तुलाधरको नवीन पुस्तक ‘आधुनिक काव्य व विद्रोहया सः’ले साहित्यिक वृत्तमा पुनः उत्साह जगाएको पाइएको छ ।
डा. तुलाधर भाषा विज्ञानमा विधावारिधी र अंग्रेजी साहित्यमा स्नात्तकोतर उत्तीर्णपछि विभिन्न देश र विदेशमा अध्यापन गराउँदै आउनुभएको छ । उहाँको सो कृति हालै ललितपुरमा पाटन संग्रहालमा आयोजित एक समारोहकाबीच लोकार्पण गरियो । महिला साहित्यकारहरूको संस्था कविताया लाय्कुले सो समारोहको आयोजना गरेको थियो । पुस्तक नार्गाजुन पब्लिेकसनले बजारमा ल्याएको हो ।
सो कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित १० जना आधुनिक कविहरूका कवितामा प्रकट विद्रोह, असन्तोष र सौन्दर्यबोधलाई अनुसन्धानात्मक दृष्टिका साथ प्रस्तुत गरिएको छ । त्यसमा वरिष्ठ साहित्यकारहरू नर्मदेश्वर प्रधान, बुद्ध साय्मी, प्रतिसरा साय्मी, पूर्ण वैद्य, सुरेशकिरण मानन्धर, आनन्द जोशी, श्यामसुन्दर सैजुं, योगेन्द्रमान प्रधान र रजनी मिला महर्जनका कविताहरू छन् ।
आधुनिक समालोचनाका सिद्धान्तहरूको प्रयोग गर्दै पुस्तकले सिर्जनाकारको व्यक्तित्व, काव्यदृष्टि र अभिव्यक्तिका तहहरूलाई विश्लेषणात्मक ढङ्गले केलाइएको छ । कृतिलाई मात्र केन्द्रित गरी त्यसले समेटिएको दायरामै सीमित भएर लेखकको व्यक्तित्व र पृष्ठभूमि, त्यसको विशेषता केलाउने काम आधुनिक समालोचनाको धाराको दायरामा पर्दछन् ।
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाका कृतिहरूको लेखन हराउँदै गएको अवस्थामा समालोचक डा. तुलाधरको सो कृति समालोचना विधालाई पुनर्जीवित गर्ने महत्वपूर्ण मोडका रूपमा साहित्यकारहरूले लिएका छन् । अग्रज समालोचकहरू डा. कमलप्रकाश मल्ल, सिद्धिचरण श्रेष्ठ, प्रा. माणिकलाल श्रेष्ठ, डा. जनकलाल वैद्यको निधनपछि बनेको समालोचना विधाका पुस्तकको रिक्तता भरिन मद्दत गर्ने कृतिको क्षमता रहेको उनीहरूको भनाइ रहेको छ ।
सो अवसरमा कृतिको विषयमा टिप्पणी गर्दै प्रा. प्रेमशान्ति तुलाधरले नेपाल भाषाको साहित्यमा अहिले समालोचनाको विधा हराउँदै गएको समयमा प्रकाशित सो कृतिले समालोचना विधाको लेखनलाई बल पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘जसरी एरिस्टोटल, होमरजस्ता ग्रीक दार्शनिक र नाटककारहरूले विभिन्न कृति र नाटकको चर्चा गरेर साहित्यकारहरूलाई चिनाउने काम ग¥यो, त्यसरी नै नेपालभाषाका राष्ट्रिय र अन्र्तराष्ट्रिय रूपमा चर्चित साहित्यकारहरूले यो कृतिले चिनाउने काम गरेको छ ।’
सो अवसरमा नेपाल भाषा अकाडेमीका चान्सलर मल्ल. के. सुन्दरले नेपालभाषाका पहिलो पत्रकारसमेत रहेका भाषानुरागी धर्मादित्य धर्माचार्यले प्रारम्भिक रुपमा सुरु गरेको समालोचनात्मक धारालाई पछि कवि केशरी चित्तधरले व्यक्ति र कृतित्वलाई जोडेर समालोचनाको धारा सुरु गरेको चर्चा गर्नुभयो ।
कविताया लाय्कुका महासचिव रजनी मिला महर्जनले नेपालभाषाको साहित्य क्षेत्रमा समालोचनाको विधालाई सशक्त बनाउन अभियानको रूपमा अघि बढाउनुपर्ने खाँचो औंल्याउनुभयो ।











प्रतिक्रिया