काठमाडौँ।
केही दिनअघि ५० हजार धरौटीमा रिहा भएका निकोलश भुसाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। बिहीबार साँझ काठमाडौँ प्रहरीले उनलाई थप सोधपुछका लागि नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भुसालसम्बन्धी मुद्दा अझै अनुसन्धानमै रहेकाले थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । सोधपुछ प्रक्रिया सकेपछि आजै रिहा गर्ने तथा भोलि पुनः उपस्थित गराउने तयारी रहेको प्रहरीको भनाइ छ।
भुसाललाई कात्तिक १८ गते गोरखास्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो। उनले कात्तिक १३ गते संवाद डबलीमा आयोजित कार्यक्रममा प्रहरीसहित राज्यका संवेदनशील निकायहरू ‘विस्फोट गरेर ध्वस्त बनाइदिने’ अभिव्यक्ति दिएको आरोप छ।
उनीविरुद्ध दायर मुद्दामा अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्न आदेश दिएपछि कात्तिक २५ गते ५० हजार धरौटीमा छाडिएको थियो।











प्रतिक्रिया