– शहरी मन्त्रालयमा वार्ता जारी अधिकारी भन्छन् खोल्ने सम्भावना बढेको छ
काठमाडौं ।
विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौं उपत्यकाको फोहोर फालन अवरोध गर्दै आएका बञ्चरेडाँडाका स्थानीयले मुख्य माग पुरा नभएसम्म फोहोर नखोल्ने जनाएका छन् । स्थानीय र सरकारबीच अहिले वार्ता जारी छ ।
शहरी विकास मन्त्रालयमा भैरहेको वार्तामा स्थानीयको मुख्य बटमलाईन मुद्दा फिर्ताका विषय छ । सरकार र स्थानीयबीच सहमति गर्न तयार भएको ड्रफ्टको पहिलो बुँदामा जनताको आवाज उठाउँदै स्थानीय जनतालाई चलाएको मुद्धाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने उल्लेख छ ।
सो विषयमा निर्णय गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, शहरी विकास विभाग, कामपा लगायतको टोली वार्तामा छ । गृहमन्त्रालयले निर्णय गरी सिडियो कार्यालयलाई आदेश दिएपछिमात्र सिडियोले निर्णय गर्ने तयारी छ । मध्यान्हदेखि जारी वार्तामा चरणबद्ध छलफल जारी छ ।
बुधबारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राती अबेरसम्म स्थानीयसंग वार्ता गरेका थिए । वार्ता निष्कर्षविहीन भएपछि आज फेरी बस्नेगरी टुंगिएको थियो ।
सरकारले तयार पारेको मस्यौदामा इआइए प्रतिवेदन छिटो तयार गर्न परामर्शदाता कम्पनीलाई लाई पत्राचार गरी सोको लिखित प्रतिवद्धता समेत लिने , आगामी आवको बजेटमा प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने ,
बन्चरे डाँडाको स्थानीयहरुको लागि तत्काल चालु आबमा घर–टहरा तथा बालीको मुआब्जा दिनको लागि काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने । कामपा १ महिनाभित्र बन्चरेक्षेत्रको अतिप्रभावित स्थानीयलाई साविकमा सिसडोलबाट प्रभावित क्षेत्रलाई लिएको आधारमा बन्चरेको हकमा समेत सोहीलाई आधार मानी हालको मूल्यमा घर९टहरा तथा बालीको मुआब्जा प्रदान गर्ने छन् ।
त्यस्तै फोहोर फाल्नको लागि तयार पारेको क्यापिङ लेयर भन्दा पनि बाहिर वरपरको डाँडा कटान गरी फोहोर फालेको कारण लिचेड सिधै पानीको मुहानमा मिसिएको कारण कोल्पु खोला प्रदूषण भई स्थानीयको जीवन यापनमा ठूलो असर परेको हुँदा सो कार्य तत्काल रोकी उक्त कार्य गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने साथै लिचेडको उचित व्यवस्थाको लागी १५ दिनभित्र विज्ञको टोली तयार गरी फिल्ड निरीक्षण समेत गरी दीर्घकालिन समाधनको बाटो अपनाउने उल्लेख छ ।
बन्चरे र सिसडोलको अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई विशेष कार्डको व्यवस्था वा अन्य कुनै माध्यमबाट काठमाडौं महानगरपालिका भित्रको कुनै पनि सरकारी अस्पतालमा जुनसुकै रोग लागेमा समेत निशुल्क उपचारको व्यवस्था अबको १९एक० महिनाभित्र मिलाउने साथै शिक्षाको सम्बन्धमा समेत काठमाडौं उपत्यका भित्रको स्कूल, कलेजहरुमा अनिवार्य कोटाको व्यवस्था अबको १ ९एक० महिना भित्र गर्ने, फोहोर उत्सर्जन गर्ने नगरपालिकाहरुमा बन्चरे ल्याण्डफिल साइटका प्रभावितहरुलाई रोजगारीको अवसर उपलब्धगर्न मेयर्सफोरम वा मन्त्रालयबाट आह्वान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने छन् ।
आठबुँदे मस्यौदामा कामपाले २ वटा पालिकालाई दिँदै आएको जनही ३–३ करोड रकमलाई वृद्धि गरि ६–६ करोड पु¥षउन फोहर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई योग्दान गर्न सहरी विकास मन्त्रालयले अनुरोध गर्ने र सिसडोल र कुडुले बन्चरेडाँडाको फोहरको कारण हालसम्म विभिन्न रोग लागेर मृत्यु भएका परिवारलाई तत्काल उचित राहतदिन कार्यविधि तयार गर्ने मस्यौदा तयार भएको थियो । सम्झौता लगत्तै फोहोर ढुवानी खुला गर्ने सहमति प्रयास जारी छ । वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो–प्रयास जारी छ । पहिलो माग पुरा











प्रतिक्रिया