काठमाडौँ।
जेनजी आन्दोलनका मागहरू कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई मागसहित ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार संयुक्त रूपमा हस्ताक्षरित ज्ञापनपत्र बुझाउँदै समूहले कार्की नेतृत्वको सरकारले जनआन्दोलनपछिका मुख्य प्रतिवद्धता पूरा गर्न असफल भएको दाबी गरेको हो।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको सरकारले ठूला भ्रष्टाचार प्रकरणमा संलग्नमाथि कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका लागि संविधान संशोधन, तथा अन्य संरचनात्मक सुधारका प्रतिबद्धता अघि नबढाएको उनीहरूको आरोप छ।
त्यसैगरी, आन्दोलनका घाइतेहरूको उपचार, शहीद परिवारलाई क्षतिपूर्ति, र दमनमा संलग्नमाथि कारबाही जस्ता न्यूनतम अपेक्षासमेत पूरा नभएको समूहको भनाइ छ।
यी सबै आधार प्रस्तुत गर्दै जेनजी समूहले प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाई नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष मध्यस्थता गर्न आग्रह गरेको छ।












प्रतिक्रिया