काठमाडौं ।
ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा दर्ता भएको मुद्दामा प्रहरीले प्रभु म्यानेजमेन्ट प्रा.लि.सँग सम्बन्धित हुण्डी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
ठाकुर प्रसाद मानन्धरसहितले दर्ता गराएको जाहेरीका आधारमा सञ्चालित अनुसन्धानमा प्रभु म्यानेजमेन्ट प्रा.लि.को नाममा सञ्चालन भएको सिटिजन्स बैंक लिमिटेडको खातामा रु. ९,९९,५०० सम्मका शंकास्पद रकम बारम्बार जम्मा भएको तथ्य फेला परेको प्रहरीको भनाइ छ।
रेमिट कारोबारको आवरणमा एकै दिनमा पटक–पटक शंकास्पद रकम जम्मा गरिनुका साथै वैदेशिक विप्रेषणमार्फत आउनुपर्ने रकम हुण्डीमार्फत भित्र्याई मिलान गरिएको अनुसन्धानले देखाएको छ।
यही प्रकरणमा संलग्न रहेको आशंकामा प्रभु म्यानेजमेन्ट प्रा.लि.का पूर्व शेयरधनी तथा लेखा शाखामा कार्यरत ५१ वर्षीय हेम कुमार महाजुलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त मुद्दामा संलग्नताको आधारमा कुसुम लामालाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको व्यूरोले जनाएको छ।











प्रतिक्रिया