काठमाडौँ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरू अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो ।
सोमबार टाटाको थापाथली शोरुमलाई पुनसंचालन गर्ने क्रममा उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य टाटाको छ ।
शोरुमलाई केही फरक बनाइएको छ । शोरुम कस्टमर लाउन्ज थपिएको छ । टाटाको ग्लोबल स्ट्यान्डर्डअनुसार शोरुम तयार पारिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।
कम्पनीले भदौ २४ गतेको विध्वंसमा ८ वटा गाडी र शोरुम गरी करिव २० करोड रुपियाँ क्षति बेहोरेको थियो ।











प्रतिक्रिया