काठमाडौँ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गरेका छन्।
उनले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताए । उनले भने ,-‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु अपराध हो ? राति राति तमासा गरिरहेको छ यो सरकारले । यहाँ बोल्न पनि नपाइने भयो । निर्वाचन भन्छ सरकार । बारामा हाम्रो युवा भेला थियो । भेलामा जेनजी भन्दै केही विद्वानहरूले ढुंगामुढा गरे बिथोले, सिमरा एयरपोर्ट बन्द भयो । नेताहरूलाई जान रोकियो ।’
उनले स्वेच्छाचारी ढंगले प्रसाईलाई सरकारले पक्राउ गरेकाे बताएका छन्। अध्यक्ष ओलीले सभा गर्नै नदिनेले सरकारले चुनाव कसरी गर्छ भन्दै प्रश्न समेत गरे । उनले जेनजीका नाममा हुने आतंक रोक्न सरकारलाई आग्रह समेत गरेका छन् । उनले कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी भन्दै प्रश्न गरे ।
एमाले देश छाेडेर नभाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले प्रतिवाद गर्ने पनि बताएका छन् ।











प्रतिक्रिया