एमालेले बोलायो सचिवालय बैठक 


काठमाडौँ। 

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ ।

त्यसबाहेक मङ्सिर ६ गते काठमाडौंमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ ।