–क्रिस्टल घडी, लाफिङ ग्लास, दुईवटा ऐना र सिंहासन प्रदर्शनीमा
–राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखेकाले जोगियो, अन्य सामग्री सम्झनामात्र
–पूर्ण रूपमा तयार गर्न वर्षौं लाग्ने, सुरक्षित छोपेर राख्नमात्र ८२ लाख रुपियाँ लाग्ने
काठमाडौं।
जेन्जी आन्दोलनको क्रममा सिंहदरबार जलेर ध्वस्त भएपनि चर्चित क्रिष्टल घडी लगायत सम्पत्ति जोगिएको छ । ती सम्पत्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखेकोले जोगिएको हो ।
एसियाकै सबैभन्दा भब्य र ठुलो दरबार ०७२ सालको भूकम्पले ध्वस्त भएको थियो । त्यसबेला सिंहदरबारका सबै ऐतिहासिक सामाग्री पुरिएका थिए । एक दशकपछि ०८२ भदौ २४ गते आन्दोलनकारीले मुलुकको प्रशासनिक भवन जलाएर ध्वस्त पारे ।
सिंहदरबार जल्दा सबै सामाग्री ध्वस्त भए भने चार सामग्री संग्रहालयमा भएकोले जोगियो । भूकम्प गएको एकदशकपछि ०८२ सालमा सिंहदरबार पुनःनिर्माण सम्पन्न भयो । सिंहदरबार बनेको केही महिनापछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रम कार्यालयसंग सम्बन्धीत कार्यालय सिंहदबारमा सरेको थियो ।
जेन्जी आन्दोलनबाट ध्वस्त सिहदरबार अब अस्तित्व जोगाउन समस्या भएको छ । सिंहदरबार त बन्ला तर त्यहाँका सयौवर्ष पुराना एतिहासिक सम्पत्ति कहिल्यै पाईदैन,जलेरनष्ट भएको छ–पुरातत्त्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङले भन्नुभयो ।
‘सबै सामान नष्ट भएपनि बेलायती महारानी एलिजावेथले तत्कालिन राणा प्रधानमन्त्रीलाई उपहार दिएको भनिएको क्रिष्टल घडी, लाफिङ ग्लास, दुईवटा ऐना र सिंहासन जोगिएको छ’–राष्ट्रिय संग्रहालयका छाउनीका प्रमुख अरुणा नकर्मीले भन्नुभयो । उहाले प्रदर्शनीमा आउने दर्शकलाई ती सामाग्री हेरेर सिहदरबारको सामाग्रीको सम्झना मेटाउनेछन् भन्नुभयो ।
पुरातत्त्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालको कार्यकालमा ती सामाग्री छाउनी संग्रहालयमा लगिएको थियो । २०७३-०७४ तिर ती सम्पत्ति संग्रहालयमा प्रदर्शनीको लागि राखिएको हुनसक्छ–पुर्व महानिर्देशक दाहालले भन्नुभयो । त्यतिखेर ती सामाग्री नराखेको भए अहिले सिंहदरबारमा रहेका सामाग्रीको अस्तित्व हुदैनथियो । अहिले ती सम्पत्ति हेर्नासाथ सिंहदरबार सिहदरबारको सम्झना आउने भएको छ ।
संग्रहालयका अधिकृत सुबासकृष्ण डगोलले सिंहदरबारका ती सम्पत्तीले संग्रहालयको सान बढेको छ भन्नुभयो । अब यति नै सामाग्री सिहदरबारको हो भनेर चिन्ने र सोध्नेको संख्या बढ्ने भएको छ–संग्रहालयमा प्रदर्शनीमा राखेका सामाग्री देखाउँदै उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो ।
भुकम्पपछि सिंहदरबारका सामाग्री संग्रहालयमा राख्न सरकारलाई अनुरोध ग¥यौ । लगत्तै सरकारले क्रिष्टल घडी, लाफिङ ग्लास, घडी लैजान अनुमति दियो–पूर्व महानिर्देशक दाहालले भन्नुभयो । विसं २००७ मा राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा मुख्य प्रशासनिक कार्यालय थियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडिपट्टिको धेरैजसो भाग नष्ट भएको थियो ।
युरोपेली शैलीमा निर्माण भएको सो भवन चन्द्रशम्सेरको कार्यकालमा करिब ३ वर्ष लगाएर तयार पारिएको निजी महल हो । इन्जिनियर कुमार नरसिंह राणा, किशोर नरसिंह राणाको डिजाईनमा निर्माण भएको थियो । सिंहदरबारमा अधिकांस विलाशिताका सामाग्री बेलायतबाट ल्याइएको थियो ।
रंगिचङगी शिसा र झुम्मर ऐना हरु बेलायतबाट ल्याएर जडान गरिएको थियो । एशियाकै भब्य सिंहदरबारमा करिब १७ सय कोठा थिए । त्यसबेला करिब २५ लाख रुपियाँ खर्चेर निर्माण भएको थियो । हालको मुख्य अनुसार अर्बो रुपियाँ पर्नेछ । बिसं २०३० सालमा आगलागी हुँदा कृत्तिनिधि विष्ट प्रधानमन्त्री थिए ।
आगलागी भएपछि पूर्वप्रम विष्टले नैतिकताको आधारमा राजिनामा दिनुभएको थियो । अहिले पुर्ण खरानीमा परिणत भएको छ । पुनःनिर्माण कहिलेबाट शुरु गर्ने ? भन्ने विषमया सरकार मौन छ । पुरातत्त्व विभागले पुरातात्त्विक शैलीमा पुनपनर्माण गर्न सरकारलाई सिफारिस गरेको छ ।
विभागका महानिर्देशक प्रधानाङगले ध्वस्त सिंहदरबारलाई सुरक्षितरुपमा जोगाउन करिब ८२ लाख लाग्ने अनुमान गर्नुभयो । पुनःनिर्माण गर्न कति लाग्छ ? त्यसको स्टिमेट सरकारले गर्ला, सुरक्षित रुपमा छोपेर राख्न ८२ लाख लाग्नेगरी जिओपोलुसन स्टडी गरी प्रतिवेदन तयार भएको छ–महानिर्देशक प्रधानाङगले भन्नुभयो । विभागले पुरातात्त्विक रुपमै निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।











प्रतिक्रिया