काठमाडौं।
सार्वजनिक शान्ति भंग गर्ने अभिव्यक्ति र सामाजिक उत्तेजना फैलाउने गतिविधि बढाएको आरोपमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट नाटकीय शैलीमा पक्राउ गरेको छ ।
यस प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रहरीले यसपटक पनि उहाँ बन्द कोठाभित्र बस्ने, ढोका नखोल्ने वा आफूलाई सुरक्षित स्थानमा लुकाउने सम्भावनाको पूर्वानुमान गर्दै भ¥याङसहितको विशेष टोली परिचालन गरेको थियो ।
२०७८ असोज ६ गते साइबर मुद्दामा प्रहरीले पहिलोपटक प्रसाईंलाई नियन्त्रणमा लिन जाँदा उहाँले गेट नखोलेर प्रहरीलाई करिब दुई घण्टा अल्झाउनुभएको थियो । अन्ततः प्रहरी टोलीले भ¥याङ लगाएर कम्पाउन्डभित्र पसेर उहाँलाई नियन्त्रणमा लिएको थियो । यही घटनाबाट सिकेर, प्रहरीले यसपटक पनि त्यस्तै प्रतिरोध वा कूटनीतिक ‘नाटक’ हुनसक्ने अनुमान गरेको थियो ।
प्रहरी टोली राति करिब १० बजेतिर भक्तपुरस्थित घरमा पुगेको थियो । यसपटक पनि प्रसाईंले बाहिर प्रहरी आएको थाहा पाएपछि गेट खोल्न मान्नुभएको थिएन ।
डेढ घन्टा लगातार कुरेर पनि प्रतिक्रिया नआएपछि प्रहरीले भ¥याङको प्रयोग गरी घरको भित्तामा टेकेर चढ्न लाग्न लागेको बेला अचानक भित्रबाट ढोका खोलिएको प्रसाईंलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सार्वजनिक शान्ति भंग, भय–त्रास फैलाउने अभिव्यक्ति, आधारहीन आरोप, समाजमा वैमनस्य बढाउने काम गरेको हुनाले प्रसाईंलाई पक्राउ गरिएको हो ।
‘देश गृहयुद्धमा जानेछ, रासनपानी भण्डारण गर्नुजस्ता उहाँका पछिल्ला अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्रतापूर्वक भाइरल हुँदै तनावपूर्ण वातावरण सिर्जना हुन थालेपछि आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले प्रसाईंलाई पक्राउ गरी कारबाही अघि बढाउन आग्रह गर्नुभएको थियो । सोही आधारमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो ।
यसैबीच प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की र प्रहरीसमेतलाई लक्षित गर्दै गालीगलौजपूर्ण र भडकाऊ अभिव्यक्ति दिएको भिडियोहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
मध्यरातको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसमेतबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
प्रसाईंलाई मंगलवार जिल्ला अदालत काठमाडौंले ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । प्रहरीका अनुसार अनुसन्धानको दायरा सार्वजनिक शान्ति भंग, भीड उक्साउने, समाजमा गलत सूचना फैलाउनेलगायतका मुद्दामा केन्द्रित हुने हुने छ











प्रतिक्रिया