पूर्वआईजीपी खनालले खोले पार्टी


काठमाडौँ।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन्।

उनी नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

यो पार्टीको अध्यक्ष खनाल आफैं रहनेछन् भने महासचिवमा बालकृष्ण पण्डितको नाम छ ।देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनालले बताए ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट काठमाडौं– ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ– १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।