काठमाडौं।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्नुभएको खेलमा काठमाडौं गोर्खाजले जित हासिल ग¥यो । काठमाडौं गोर्खाजले पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको हो । खेलमा जनकपुर बोल्ट्सले दिएको १ सय ३१ रनको लक्ष्य काठमाडौं गोर्खाजले १८ औं ओभरमै विकेट गुमाएर पूरा गरेको हो ।
नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक प्रतियोगिता रंगशालामा आयोजना भएको छ । साथै नेपालीले लामो समयदेखि एउटा रगशालामा मैदानमा नबसेर सिटमा बसेर क्रिकेट हेर्ने बुनेको सपना अहिले आएर पूरा पनि भयो । यसका लागि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फुटबलजस्तै क्रिकेट पनि रंगशालामा खेल्ने वातावरण बनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
साथै फुटबलजस्तै क्रिकेट पनि अब, फ्लडलाइटमा हेर्न पाइने भएकोले नेपाली क्रिकेट प्रेमीहरूले तीन दशकदेखि साँचिएर राखेको सपना पूरा भएको पनि उहाँले बताउनुभयो । उहाँले यसले नेपाली दर्शकका लागि छुट्टै मजा दिने पनि अपेक्षा गर्नुभयो ।
यसपटक पनि गत संस्करणमा जस्तै आठ फ्रेन्चाइजी टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । यसका लागि ८ फ्रेन्चाइज टोलीले २७ दिनमा कुल ३२ खेल खेल्नेछन् । फाइनल खेल मंसिर २७ गते हुने पनि तय गरिएको छ ।
पुरस्कार राशि पनि पहिलो संस्करणको जतिकै राखिएको छ । जसमा, विजेताले १ करोड १० लाख, दोस्रो हुने टोलीले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको थियो ।











प्रतिक्रिया