ग्रिनेदी इनर्जी लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


काठमाडौँ।

ग्रिनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्तिसम्बन्धी सम्झौता मिति २०८२ मंसिर १ गते सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रिनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले आप्mनो जारी पुँजीको ३० प्रतिशत साधारण सेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्ने लागेको हो । कम्पनीले कास्की जिल्लामा अवस्थित इदी खोलामा इदी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी मिति २०८२÷०१÷०८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत्, बिमा, पुँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरूको समूहको संग्लता भएको र आयोजनाको हाइड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो ।

ग्रिनेदी इनर्जी लिमिटेडले आगामी दिनमा अन्य जलविद्युत् आयोजनाको साथसाथै सौर्य तथा हरित ऊर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष युरेशमान कायस्थले व्यक्त गर्नुभयो ।