पशुपति क्षेत्रमा तीन दिनका लागि मासु–मदिरा प्रतिबन्ध


काठमाडौँ।

बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई लक्षित गर्दै आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रलाई ‘निषेधित पदार्थमुक्त’ क्षेत्र घोषित गरिएको छ। स्थानीय प्रशासनले मन्दिर परिसरको धार्मिक पवित्रता र सांस्कृतिक अनुशासन जोगाउन चारकिल्ला निर्धारण गरी मासु, मदिरा तथा विभिन्न नशालु पदार्थको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसार–पसार र सेवनमा पूर्ण रोक लगाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(९) अनुसार जारी सूचना अवहेलना गर्नेहरूविरुद्ध कानूनअनुसार कारबाही हुनेछ।

यसअवधि पशुपति क्षेत्रमा धार्मिक गतिविधि, भीडभाड व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रशासनले जनाएको छ।