काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो 


काठमाडौँ। 

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा  बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने छ।