काठमाडौँ ।
देशभर कुनै महत्वपूर्ण मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो र राति दुवै समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफैँ रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया