धुलिखेल अस्पतालमा ‘नेपाल स्लिप सम्मेलन–२०२५’ सम्पन्न

निद्रा–सम्बन्धी रोगबारे राष्ट्रिय चेतना अभिवृद्धि मुख्य लक्ष्य

3.29k
Shares

धुलिखेल। 

नेपालमा स्लिप मेडिसिनप्रति जनचेतना कमजोर र निद्रा–सम्बन्धी समस्यामा वृद्धि भइरहेका बेला धुलिखेल अस्पतालमा ‘नेपाल स्लिप सम्मेलन–२०२५’ सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज तथा धुलिखेल अस्पतालको नाक, कान, घाँटी (ईएनटी) विभागको संयुक्त आयोजनामा, नेपाल स्लिप डिसअर्डर सोसाइटी र ‘रेस्पिरेटरी थेरापिस्ट्स विदाउट बोर्डर्स’को सहकार्यमा सुरु भएको यो सम्मेलन दुई दिनसम्म चलेको थियो । 

उक्त सम्मेलनमा नेपाल, एशिया तथा विश्वका विभिन्न देशबाट आएका निद्रा विशेषज्ञ, शल्यचिकित्सक, अनुसन्धानकर्ता, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सहभागी रहेको कार्यक्रमका संयोजक प्रो.डा.मोनिका पोखरेल, डिपार्टमेन्ट अफ इएनटी तथा केयूएसएमएसका सिनेटर भन्छिन्- सम्मेलन स्लिप मेडिसिनबारे नवीनतम ज्ञान, अनुसन्धान, उपचारका प्रविधि तथा प्रोटोकल आदानप्रदान गर्नु मुख्य उद्देश्य रहेकोे छ ।

प्रा. डा. पोखरेलका अनुसार नेपालमा निद्रामा घुर्ने समस्या धेरै नै बढ्दो छ ।  तर आम नागरिकले पहिचान नभएका कारण सामान्य रुपमा लिइरहेको पाइन्छ । घुर्ने मान्छे मस्त सुतेको सोचीराखेको हुन्छौ, त्यो राम्रो संकेत होईन । मैले ८ बर्ष अघि जर्मनीबाट तालीम लिएर आएपछि यो कार्यक्रम धुलिखेल अस्पतालमा संचालनमा ल्याएका छौ । हाल ३ वटा डिभाईसबाट जाँचपत्ताल गछौं । सबैलाई एउटै परीक्षण गर्न मिल्दैन । नाकबाट घाटी सम्म पाइप छिराएर हेर्ने प्रविधिबाट जाँच गरिन्छ । जाँच गर्दा कुन एरियामा रोकावट छ पहिचान गरी शल्यक्रिया समेत गरिन्छ । विगत ३ बर्ष देखि धुलिखेल अस्पतालमा उपचार सुरु गरेका छौ । 

यो सम्मेलनमा मेडिकल क्षेत्रमा भएका कमी कमजोरी पहिचानसहित एक आपसमा ज्ञान सीप साट्ने हो । यो समस्या बढी देखिएकाले सहज कसरी गर्ने भन्ने उपाय निकाल्नु नै हो । कतिपयले सिप्याप पनि चलाउँदैनन् र शल्यक्रियामा पनि आउँदैनन् । यस्ता व्यक्तिलाई समेटेर सिप्याप गरेकालाई पनि काम लाग्ने सामग्री उपलब्ध गराउँदै छौ । यो राती सुत्ने बेलामा लगाउँने व्याग हो । यसको प्रमुख प्रयोग सुत्ने बेलामा देब्रे फर्केर सुत्ने । डिस्टर्ब पनि हुन्न, घोच्नु पनि पर्दैन । आवाज पनि आउँदैन । तर यो सीप्यापलाई यो विकल्प हैन । साधारण अवस्थाका बिरामीका लागि मात्र यो उपचार उचित हुन्छ । आवश्यक संरचना, जनचेतना तथा दक्ष जनशक्ति अझै अपर्याप्त छैनन् । यो उपकरण नेपालमै बनेको हुनाले विदेशमा किन्ने भन्दा सस्तो र सर्वसुलभ हुने विश्वास लिएका छौ । 

“स्लिप मेडिसिनलाई अहिलेसम्म पनि ‘सेकेन्डरी हेल्थ इश्यू’ जस्तै मान्ने गरेका छौं। तर, दीर्घ अनिद्रा, स्लिप अप्निया, लगायतका समस्या हृदयाघातदेखि मानसिक स्वास्थ्यसम्म गम्भीर जोखिमसँग जोडिन्छन् ।  यसै कारण सम्मेलनले चिकित्सक तथा जनस्तरमा आवश्यक चेतना फैलाउनेछ ।”

सम्मेलनमा इन्स्ट्रक्सनल कोर्ष, विज्ञानमूलक प्रस्तुति (ओरेसन), बहस–प्यानल, केस–स्टडी, तथा ह्यान्ड्स–अन सेसन राखिएको थियो । जसले युवा चिकित्सकदेखि विशेषज्ञसम्मलाई उपयोगी हुने आयोजकले बताएको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहभागीता यसप्रकार रहेको थियो :

प्रा. डा. नर्वट स्टाचे – नाक, कान, घाँटी शल्यचिकित्सक, ग्लिन रोल्दान – निद्रा रोग विशेषज्ञ, प्रा. डा. भेनेला देवाराकोण्डा – नाक, कान, घाँटी सर्जन, म्यागी साइलेनसिनो व्याण्डी – पोलिसोमनोग्राफिक टेक्नोलोजिस्ट लगायतका विशेषज्ञ थिए । जसले विश्वभर प्रयोग हुँदै आएका आधुनिक निद्रा परीक्षण प्रविधि, उपचारका नयाँ विधि र अनुसन्धानका नतिजाबारे ज्ञान आदान प्रदान गरेका थिए । 

उक्त सम्मेलनमा नेपालबाट—प्रा. डा. इन्कु श्रेष्ठ बस्नेत, डा. योगेश न्यौपाने, डा. राजु पंगेनी (श्वासप्रश्वास विशेषज्ञ), डा. प्रज्वल श्रेष्ठ, प्रा. डा. सञ्जय हुमागाई (मुटुरोग विशेषज्ञ) सहितका विशेषज्ञले स्लिप अप्निया, अनिद्रा, रक्तचाप, मानसिक स्वास्थ्य, हृदयघातसँग निद्राको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी अर्थोडोन्टिक सर्जन प्रा. डा. दशरथ काफ्ले, फरेन्सिक विशेषज्ञ प्रा. डा. राजकुमार कार्की, ओरो–म्याक्सिलोफेसियल सर्जन डा. किशोर भण्डारी, मनोरोग विशेषज्ञ डा. अनन्त अधिकारी, ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. टंक बोहरा, श्वासप्रश्वास विशेषज्ञ डा. निरिश वैद्य, बालरोग विशेषज्ञ डा. विवेक तोदी लगायतका चिकित्सकले बहु–विषयगत  दृष्टिकोणबाट निद्रा विकारको दीर्घकालीन प्रभाव र उपचारका उपायबारे सम्मेलनमा जानकारी गराएका थिए । 

डा.राजु पंगेनीका अनुसार नेपालमा स्लिप अप्निया, अनिद्रा, रेस्टलेस लेग सिन्ड्रोम, सर्केडियन रिदम विकार जस्ता अवस्था तीव्र रूपमा बढ्दै छन् । विशेषगरि गर्धन छोटो भएका व्यक्ति, गर्धनको एरिया साँघुरो हुन्छ । घुर्दा घुर्दै एकछिन सास रोकिन्छ,अक्सिजनको मात्र घट्दै जान्छ । आधा मिनेट जति सास रोकिएपछि बिरामी बिउँझिन्छ तर बिरामीलाई विउझिएको थाहा हुन्न । यस्तो अवस्थामा दिमाग बिउँझिन्छ तर पूर्ण रुपमा बिउझिन्न । यो प्रक्रिया ४ देखि ५ सेकेन्ड पछि फेरि सुरु हुन्छ । केही सेकेन्ड अक्सिजन रोकिएपछि रातभरि यो क्रम चलिरहन्छ र दीर्घकालीन समस्या हुन्छ । हृदयाघात, मुटुको चाल रोकिने, उच्च रक्तचाप ह्वात्तै बढ्ने हुन्छ । यस्तो अवस्थामा मस्तिष्क घात, प्यारालाईसिस हुने हुन्छ । यस्ता बिरामीलाई दिउसो निन्द्रा लाग्ने, हाई हाई आउँने , अल्छि लाग्ने हुन्छ । काममा केन्द्रीत हुन नसक्ने, कहिले कही सवारी चलाउँदा चलाउँदै निदाएर दुर्घटना हुने सम्म हुन्छ । यस्तो समस्या भएका बिरामीहरु सडक दुर्घटनामा धेरै पर्ने गर्छन् ।

 मस्तिष्क घातका बिरामीलाई स्मरण शक्तिको समस्या बढ्छ । शक्ति कम हुन्छ । मोटो पन बढ्दै जान्छ र समस्या झन बढ्छ । यो विश्वव्यापी रुपमा विकराल रुपमा फैलिउको छ । यसको पहिचान धेरै पिसाब लाग्ने, कब्जियत हुने, सुगर,प्रेसर नियन्त्रण नहुने भयो भने स्लिप एपनियासँग सम्बन्धीत समस्या हुन सक्छ । यस्ता समस्या भएका व्यक्तिले भएभरका चिकित्सक, विशेषज्ञको सेवा लिई सकेपछि अन्तमा मात्र स्लिप एपनिया पत्ता लाग्ने चिकित्सक डा. राजु पंगेनी बताउँछन्  । उनका अनुसार, “निद्राको समस्या सामान्य कुरा होइन । समयमै उपचार नगरे दीर्घरोग, मानसिक समस्या, उच्च रक्तचाप, मधुमेहजस्ता जटिलता निम्त्याउन सक्छ ।” समयमै उपचार गरे निको हुन्छ । यो रोगले काममा ध्यान नहुने, दिउँसो बढी झुप झुप निन्द्रा लाग्ने समस्या हुन्छ । मुख बाङ्गो देखिने, च्यापु नमिलेको देखिने कारणले पनि घुर्ने समस्या हुन्छ ।