“राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन सक्दैन : पूर्व अर्थमन्त्री लोहनी”


काठमाडौ ।

पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर रहँदा मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन्। अर्थतन्त्रको अवस्थाबारे आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले सरकारसँग पर्याप्त स्रोत भए पनि त्यसको प्रभावकारी उपयोग नहुँदा आर्थिक गतिशीलता कमजोर बनेको बताएका हुन्।

उनका अनुसार निजी क्षेत्रको मनोबल कमजोर रहँदा लगानी आकर्षित गर्न कठिनाइ भएको छ। बैंकको ब्याजदर एक अंकमा झरे पनि लगानीकर्ता आकर्षित नहुनु चिन्ताजनक रहेको उनले बताएका छन्। ब्याजदर कम हुँदा पनि अझै बढी महसुस भइरहेको गुनासो आउनु अर्थतन्त्रको संरचनात्मक समस्याको संकेत भएको उनले टिप्पणी गरे।