काठमाडौ ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गर्दै शनिवार दिउँसो माईतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले जेन–जी विद्रोहको मर्म आत्मसात गर्न, विद्रोहलाई क्रान्तिमा रुपान्तरण गर्न, भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्न तथा साम्राज्यवादका विविध रूपहरूविरुद्ध संघर्ष गर्नुपर्ने मांगसहितका प्लेकार्ड बोकेका थिए।
उनीहरूले राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षा तथा वैदेशिक हस्तक्षेपविरुद्ध सतर्क रहनू पर्ने संदेश पनि दिएका थिए।











प्रतिक्रिया