काठमाडौ ।
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रता कुण्ठित नगरीकन त्यसलाई सही दिशातर्फ मार्गदर्शन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
वर्तमान अर्थतन्त्रको अवस्थामाथि आयोजित छलफलमा उहाँले अहिलेको आर्थिक चरित्र विगतभन्दा फरक भएको र सरकारले पुरानोजस्तो आदेशात्मक रूपमा ठाउँ तोकिदिने परिपाटी अन्त्य भइसकेको बताउनुभयो।
नेपालमा राजनीतिक तथा नीतिगत अस्थिरता नयाँ नभएको उल्लेख गर्दै पछिल्ला पाँच–पाँच वर्षमा विभिन्न प्रकारका दुर्घटनाहरू दोहोरिने गरेको पनि उहाँले जिकिर गर्नुभयो।











प्रतिक्रिया