काठमाडौ ।
पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार बिहान ललितपुर पाटनस्थित बंगलामुखी मन्दिर तथा कुम्भेश्वर मन्दिरको दर्शन गरी पूजापाठ गर्नु भएको छ।
मन्दिर दर्शनपछि उहाँले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुभएको थियो। बंगलामुखी देवीको दर्शनले मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहँदै आएको छ।
पूर्वयुवराज्ञी शाह देशभरका विभिन्न शक्तिपीठ र मन्दिरहरूमा नियमित रूपमा पूजा–आराधना गर्दै आउने गरेको पनि उल्लेख छ।











प्रतिक्रिया