काठमाडौ ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन ६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। भजनी नगरपालिका–३ कुसमघाटमा चेकजाँचका क्रममा मोटरसाइकल चालक १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरीको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हिरोइन बरामद गरी नियन्त्रणमा लिइयो।
यस्तै, लम्कीचुहा नगरपालिका–६ बागमारबाट २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई १५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको छ।
त्यसैगरी, गोदावरी नगरपालिका–५ गेटास्थित क्षेत्रमा राति चेकजाँच गर्दा २० वर्षीय विजय बिष्ट र २५ वर्षीय राज चौधरीको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै ६ जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया