काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो पनि यी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सफै रहने अनुमान गरिएको छ। राति कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने जबकि अन्य ठाउँमा मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जानकारी दिएको छ।











प्रतिक्रिया