सिंगापुरबाट स्वदेश फर्किए देउवा दम्पती


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर आज नेपाल फर्केका हुन् ।

उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए ।