लापसे गरी सवारी साधन चलाउने ३ जना चालक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा बा २ ख २८११ नम्बरको हाइस चालक सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापको खाडादेवी गाउँपालिका ६ का ३६ वर्षीय श्रीकृष्ण खत्री र बा १९ च १३ ५५ नम्बरको पिकअप गाडी चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ का ३२ वर्षीय राम हरि शिलवाल रहेका छन् । नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् |

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

तस्बिर : AI द्वारा निर्मित