धनुषामा गोली हानेर वडाध्यक्षको हत्या


धनुषा। 

धनुषामा  एक वडाध्यक्षको गोली प्रहार गरी  हत्या भएको छ।  । मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भु यादवले गोली हानी हत्या गरेका हुन् । अभियुक्त यादवलाई प्रहरीले नियन्त्रणमा ;लिएको छ। 

 गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । उनको शव अहिले  प्रादेशिक  अस्पताल जनकपुरमा  राखिएको छ। 

धनुषा प्रहरीका अनुसार  घटना सम्बन्धमा पूर्ण विवरण आइसकेको छैन।