गोसाईंकुण्डमा नेपाली सेनाद्वारा सुरक्षा अभिवृद्धि : तीन स्थानमा लाइफब्वाइ ट्यूब जडान नेपाल


काठमाडौं ।

रसुवा जिल्लाको पवित्र धार्मिक तीर्थ गोसाईंकुण्डमा सम्भावित डुब्ने घटनाबाट सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले लाइफब्वाइ ट्युब जडान गरेको छ।

गोसाईंकुण्ड गाउँपालिका–५ स्थित कुण्डको किनारमा आपतकालीन उद्धारका लागि तीनवटा स्थानमा डोरीसहितका ट्युब राखिएको हो। श्रीनाथ गणद्वारा गरिएको उक्त शुक्रबार निकुञ्ज कार्यालयका पदाधिकारी, स्थानीय होटल व्यवसायी तथा गोसाईंकुण्ड मन्दिरका पुजारीहरूको उपस्थितिमा सम्पन्न भएको सेनाले जनाएको छ।

वर्षेनि ठूलो संख्यामा भक्तजन तथा पर्यटकहरू गोसाईंकुण्ड पुग्ने गरेका कारण त्यहाँ डुब्ने जोखिम उच्च हुने गर्दछ। यही जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सेनाले स्थानीय सरोकारवाला पक्षसँगको समन्वयमा सुरक्षा सामग्री जडान गरेको हो।

श्रीनाथ गणका अनुसार, जडान गरिएका लाइफब्वाइ ट्युबहरू आकस्मिक रुपमा मानिस पानीमा डुब्ने अवस्था आएमा तुरुन्त प्रयोग गर्न सकिनेछ। सेनाले यो पहलले गोसाईंकुण्डमा तीर्थयात्रीको सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।