डोल्पा ।
डोल्पा क्षेत्रमा परेको अत्यधिक चिसो र बाक्लो हिमपातका कारण पाँच जना नेपाल प्रहरीका सदस्य स्वास्थ्य समस्यामा परेपछि नेपाली सेनाले हवाई उद्धार गरेको छ।
इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालय डोल्पा स्थानान्तरण हुँदै गर्दा बाटोमै अत्यधिक चिसोले स्वास्थ्य जटिलता बढेपछि उनीहरू प्रहरी चौकी ‘धो’मा विरामी अवस्थामै रोकिएका थिए। निरन्तरको हिमपात र कठिन भू–भागका कारण स्थलमार्गबाट उद्धार सम्भव नभएपछि सेनाको हेलिकोप्टर परिचालन गरिएको हो।

सेनाका अनुसार आज (शुक्रबार ) दुई चरणमा गरिएको उद्धारमार्फत पाँचै जना प्रहरीलाई सुरक्षित रूपमा सुर्खेत ल्याइएको छ। उनीहरूलाई कर्णाली प्रदेश अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

स्थानीय सुरक्षाकर्मी र निकटवर्ती बासिन्दाले प्राथमिक सहयोग उपलब्ध गराएपछि सचेत अवस्थामा रहेका प्रहरीहरूको स्थायी स्वास्थ्य मूल्याङ्कन तथा उपचार अहिले सुर्खेतमै भइरहेको जनाएको छ।











प्रतिक्रिया