गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता


काठमाडौँ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्यिकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे चर्चा भएको थियो ।

राजदूत फेनले नेपालमा हुन गईरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताए।