सन्तोष परियारले छाडे रास्वपा


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छोडेका छन्। उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको बताएका छन् ।

रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।

रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।