लिटिल आईडलको प्रतिस्पर्धामा बालबालिका


काठमाडौं ।

बालबालिकाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ आयोजित लिटिल आईडल नेपाल २०२५ को उपाधि शनिवार प्रदान गरिने भएको छ । बालबालिकाहरुको मौखिक र वौद्धिक क्षमतालाई समाजसामु देखाउने उदेश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

देशभरका विभिन्न जिल्लाबाट छनौट भएर आएका बालबालिकाहरु मध्यवाट फाइनल उपाधि प्रदानका लागि जोरपाटीको पिस बैक्वीटमा प्रतिस्पर्धाहुने आयोजक ट्रेवल फेसन कन्सर्न प्रालिका निदैृशक शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।
वागमति प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा हुन लागेको यस कार्यक्रमको सञ्चालन निशा चापागाईंले गर्दैछिन ।