माओवादी नेता इन्द्र आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाडौँ।

माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आङ्बो चढ्दै आएको प्रदेश सभाको को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको हो। दुर्घटना हुँदा नेता आङबो भने गाडीमा सवार नरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाटो काट्ने क्रममा प्रवेशलाई गाडीले ठक्कर दिएको थियो । उनको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि चालक मग्रान्ती र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेता आङबोले सामाजिक सञ्जालमा यसबारे जानकारी गराउँदै कानुनी प्रक्रियामा आफूले सघाउने बताएका छन्।

आङ्गोले क्षतिपूर्ति उपलब्ध गराउने कुरामा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।