काठमडौं।
काठमाडौं, शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, कञ्चन गाउँपालिका-१ पूर्वी कुचेरास्थित सडकमा लु.१२ प ७५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय बल बहादुर परियारको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-६ तिलकानास्थित सडकमा लु.१ क २६६९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सन्तोष कुँवरको छोरा ४ वर्षीय शुभम कुँवरको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया