अवकाशमा गएलगत्तै पूर्वआईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न पनि स्वीकृति लिनुपर्ने


काठमाडौँ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ। आयोगको बिहीबार बसेको बैठकले घटनासम्बन्धी छानबिनका क्रममा खापुङलाई कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले तत्कालै लागू हुने गरी उनको विदेश भ्रमण रोक्ने निर्णय गरेको हो । साथै, आयोगको स्वीकृति विना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णयसमेत गरिएको छ।

आयोगले पूर्वआईजीपी खापुङलाई त्यस निर्णयबारे जानकारी गराइसकेको बताएको छ। साथै, भदौ २३ र २४ को घटनामा कसैको क्षति विवरण पठाउन बाँकी भए उपलब्ध गराउन पनि भनेको छ ।