काठमाडौं ।
बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई ५ महिनामै सरुवा गरिएको छ। अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ गते बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो।
सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। उनले शुक्रबारदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्।
बराल यसअघि पनि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख र आन्तरिक राजस्व विभागका महानिर्देशकका रूपमा काम गरिसकेका छन्। दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त भएको राजस्व सचिवको पदमा बराललाई ल्याइएको हो।
यससँगै, मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरेको छ।











प्रतिक्रिया