काठमाडौं ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सोमबार औपचारिक रूपमा दर्ज्यानी चिह्न लगाएर नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुभएको छ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहमन्त्रालयका सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनुभयो। सो अवसरमा उच्च प्रहरी अधिकारीहरू, गृहमन्त्रालयका पदाधिकारीहरू र सुरक्षासम्बन्धी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।


प्रहरी नियमावलीमा उल्लेखित ३० वर्षे सेवा अवधिका कारण अघिल्ला प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानु भएपछि नेपाल प्रहरीको कमाण्ड अब आईजीपी कार्कीको मातहत आएको हो।
दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी कार्कीले नेपाल प्रहरीलाई “जनमुखी, पारदर्शी र व्यावसायिक” बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अपराध नियन्त्रण, अनुसन्धान सुदृढीकरण र जनविश्वास वृद्धि आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो।
सुरक्षा निकायभित्र लामो अनुभव र नेतृत्व क्षमताका कारण आईजीपी कार्कीबाट संगठनमा सकारात्मक ऊर्जा र सुधार आउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया