महामन्त्रीहरु पार्टी नेतृत्वमा जान हतार गर्नुभन्दा पार्टी बलियो बनाउन लाग्नुपर्छ : भक्तपुर सभापति थापा

नेपाली काँग्रेस बागमति प्रदेश समितिको पुर्ण बैठक नगरकोटमा

1.41k
Shares

भक्तपुर ।

नेपाली काँग्रेस वागमती प्रदेश कार्यसमितिको १३ औं पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले भोली काँत्तिक २८ र २९ गते भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा हुने बैठकको तयारी पुरा भएको जानकारी दिएको हो ।

काँग्रेस जिल्ला सभापति दूर्लभ थापाले यो बैठकले जेनजी आन्दोलन पछिको नेपाली काँग्रेस वागमती प्रदेशको धारणा बाहिर आउने बताउदै पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएन भने उक्त बैठकलाई समेत सुझाब दिने गरि बैठकले निर्णय सार्वजनिक गर्ने बताउनुभयो ।

जिल्ला सभापति थापाले भन्नुभयो, “काँग्रेसले केही गरेको छैन भन्ने धारणा बोकेका पार्टीका केही नेताहरुलाई हामी सुतेका छैनौ, वडा वडामा, नगरपालिका र जिल्लास्तरमा निरन्तर कार्यक्रम गरिरहेका छौँ, वागमती प्रदेश सभाको बैठक पनि भक्तपुरमै आयोजना गर्दैर्छौ ,महत्वपूर्ण निर्णय सार्वजनिक गर्छौ ।”

प्रदेशको बैठक पछि काँग्रेसलाई एक ढिक्का बनाएर लेजाने सन्देश दिन नेपाली काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरुको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

जिल्ला सभापति थापाले धमिलो पानीमा माछा मारेर नेतृत्व हत्याउला भन्ने मनसायले महामन्त्रीहरुले महाधिवेशनको नाममा चलखेल गरेर पार्टीमा अस्थिरता ल्याउन खोजेको भन्दै पार्टी नेतृत्वमा जान हतार गर्नुभन्दा पहिला पार्टी बलिया बनाउन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले यस्तो अबस्थामा नगरकोटमा सम्पन्न हुने प्रदेशको पूर्ण बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

चुनाबबाट काँग्रेस कहिल्यै नभाग्ने बताउदै उहाँले शान्तिपूण रुपमा चुनाब गर्न सक्ने वातावरण र सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्ने उहाँले बताउनुभयो ।पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस वागमती प्रदेशको पूर्ण बैठक आयोजना समितिका संयोजक कृष्णलाल भँडेलले पार्टीका वागमती प्रदेश सभापति इन्द्र बानियाँको सभापतित्वमा हुने बैठकको पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले उद्घाटन गर्ने बताउनुभयो ।

उहाँले बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरु, गरि १८० जनाको सहभागिता रहने बताउनुभयो ।
उहाँले बिहान ११ बजे मध्यपुरथिमिको शखधर साख्वाःको शालिकमा परिक्रमा गरि २०० भन्दा बढीको मोटरसाइकल र्याली गरि नगरकोट बसपार्कबाट कार्यक्रमस्थलसम्म धिमे लगायतका बाजाहरु, र्साँस्कृतिक झाकीहरुसहित कार्यक्रमस्थल पुगेर उद्घाटन गरिने बताउनुभयो ।