विद्यालयका हरेक कार्यक्रममा अवार्ड पाउने बालप्रतिभा रिजु

7.24k
Shares

काठमाडौं । 

हुने बिरुवाको चिल्लोपात भन्ने उखानलाई बूढापाकाले त्यसै चलनमा ल्याएका होइनन् । प्रतिभाहरु कोही युवावस्थाबाट त कोी अधबैसे उमेरबाट त कोही वृद्धावस्थाबाट उदयँछन भने कोही सानै उमेरदेखि आफ्नो प्रतिभालाई प्रस्फुटन गराउन सक्षम हुन्छन । कोही प्रतिभा यस्ता हुन्छन कि विद्यालयमा पाइला राख्दै विभिन्न प्रतियोगिताहरुमा प्रथम द्धितीय तृतीय हुँदै प्रदेशस्तरको प्रतियोगितासम्म पुगेर आफ्नो प्रतिभालाई सबेका सामु छर्लङ्ग पार्छन ।

आफूसँग भएकोकला कौशल तथा प्रतिभालाई अरुकासामु पस्केर मन्त्रमुग्ध बनाई पुरस्कृत हुनु बाबालिकाहरुका्लागि अत्यन्त ठूलो कुरा हो । प्रयास गरे के हुँदैन भन्ने कुराको उदाहरण काठमाण्डौको बुद्धनगर स्थित केएमसी सकुलमा कक्षा ४ मा अध्ययनरत ९ वर्षकी रिजु हुमागाईले दिएकी छिन् ।


२०७३ साल असोज २२ गते भक्तपुरको गठठाघरमा जन्मिएकी रिजुको खास घर भने उदयपुरको रौतामाई गाउँपालिका वडा नं २ भुट्टार हो । पिता राजन हुमागाई र माता रिता ढुंगाना हुँमागाईकी छोरी रिजु सानै उमेरदेखि अनुशासित, इमान्दार, आज्ञाकारी मात्र होइन पढाईमा पनि तिक्ष्ण बुद्धि भएकी अब्बल,बोलाईमा पनि शालिन र भद्र छिन् । गुरुहरुले एक पटक भनेको सर्लक्क बुझ्ने र दिएको काम तत्कालै गरिहाल्ने बानीले उनलाई घरमा र स्कुलमा सबैले माया गर्छन ।

हाल ४ कक्षामा अध्ययनरत रिजुले करिब ४० वटाभन्दा बढी अवार्ड तथा विभिन्न प्रकारका पुरस्कारहरु पाइसकेकी छिन । खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, गीत गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, म्याथ खेलकुद प्रतियोगिता, पढाई प्रतियोगिता अवार्ड, बाद विवाद प्रतियोगिता, खेलकुदमा जिम्नेष्टिक, बास्केटबल, दौड प्रतिया्गिता,म्याथ दौड प्रतियागिता, लघु नाटक, रंगोली प्रतियोगिता,े अंग्रेजी हेण्ड राइटिंग, अन्तरक्रिया कार्यक्रम, लगायतका दर्जनौ कार्यक्रममा सहभागिता जनाएर प्रथम, द्धितिय,र तृतिय भएकी छिन ।

सानै उमेरदेखि तिक्ष्ण बुद्धिकी, घरमा अत्यन्त मेहनतका साथमा अध्ययन गर्ने, गुरुहरुले दिएको प्रत्येक गृहकार्य समयमा गर्नै, अनुशासित, इमान्दार र मेहनती भएक कारण विद्यालयमा गुरुरुले ज्ञानीछात्राका रुपमा लिएका छन । अंग्रेजी हेण्डराइटिंगमा बाग्मती प्रदेशस्तरमा उत्कृष्ट स्थान ल्याएर अवा८ृ तथा प्रमाणपत्र पाएकी रिजुले प नाएको विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान पाएर प्राप्त गरेको प्रमाणपत्रले एलबम नै भरिएको छ ।

विद्यालयमा हुने प्रत्येक कार्यक्रमहरमा आफू खुसी सहजताका साथ सहभागि हुने गरेकोले पनि रउनको रुचि पनि भएकोले प्रत्येक कार्यक्रमहरुमा उत्कृष्टताकासाथ सफलता पाउदै आएकी छिन ।यस्ता बालप्रतिभाहरुको प्रतिभा संरक्षण तथा संवद्र्धनका साथै उनीहरुको सीप कला र बौद्धिकताको उच्च मुल्यांकन आवश्यक भएको छ । विद्यालयले मात्र होइन स्थानीय तहले पनि यस्ता बाल प्रतिभाहरुलाई प्रोत्साहनका साथै सम्मान तथा अवसर प्रदान गर्नु पर्ने रिजुकी माता रिता ढुंगाना हुँमागाईले बताउनु भयो ।

आफूलाई स्कुलमा हुने प्रत्येक कार्यक्रममा सहभागी हुन मनलाग्ने भएकोले अहिलेसम्म विद्यालयमा भएका प्रत्येक कार्यक्रममा सहभागी भएर पुरस्कार तथा अवार्ड पाएको रिजुले बताइन ।विद्यालयमा हुने हरेक प्रकारका कार्यक्रममा सहभागी हुँदा आफूलाई अत्यन्त खुसी लाग्ने र व्यक्तित्व विकासका सार्थ नेतृत्व विकासमा पनि सानै देखि प्रयास गर्दा पछि गएर अझ परिपक्क तरिकाले आइपरेका जिम्मेवारीहरु पुरा गर्न सकिने आत्म विश्वास रहेको रिजुले बताइन ।

रिजुका पिता राजन हुमागाईका अनुसार बालबालिकाको मनोविज्ञान बुझेर उनीहरुको रुचीमा अभिभावकले पनि साथ सहयोग गर्दा उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्छ । अर्को तर्फ बालबालिकाभित्र रहेको प्रतिभालाई उजागर गर्नकालागि उनीहरुको रुचि अनुसारको शिक्षामा ध्यान दिनु पर्दछ भने पाठ्यपुस्तक बाहेक बाह्य क्रियाकलापमा पनि संलग्न गराउनु आवश्यक हुने राजन बताउनु हुन्छ ।

काठमाण्डौ मोडेल कलेज (केएमसी स्कुल) को शाखाको रुपमा रहेको यस विद्यालयकी शिक्षिका तथा रिजुकी कक्षा शिक्षिका अन्जना थापाका अनुसार विद्यालयमा रहेका करिब २ हजार विद्यार्थीमध्ये उत्कृष्ट १० विद्यार्थी मध्येमा परेकी छन । शिक्षिका थापा रिजु प्ले ग्रुपदेखि नै अतिरिक्त क्रियाकलापको प्रत्येक कार्यक्रममा सहभागी हुने गरेको र सहभागी भएपछि पुरस्कार सहित प्रमाणपत्र अवार्ड लिएर नै घर फर्कने गरेको बताउनु हुन्छ ।

चार कक्षामा ४ बटा सैक्सन रहेको र सेक्सन ए पि मा तेस्रो नम्बरमा रहेकी रिजु विद्यालयकै उत्कृष्ट प्रतिभा रहेको हुँदा विद्यालयमा सबैले चिन्ने गरेका छन् । अन्य विद्यार्थीको तुलनामा रिजु विशेष प्रतिभा भएकी छात्राका रुपमा चिनिएकी र विद्यालयमा प्रत्येक हप्ता हुने विविध कार्यक्रममा रिुको उपस्थिति अनिवार्य गरेको शिक्षिका थापाको भनाई रहेको छ ।
पढाई, लेखाई, ह्याण्ड राइटिंग, खेलकूद, नृत्य, गायन, वादविवाद, हाजिरी जवाफ अन्तरक्रिया, वक्तृत्वकला, चित्रकला प्रतियोगिता मात्र होइन गुरुहरुको आज्ञा पालन गर्ने विद्यार्थी सा्रै थोरै पाइने र ति थोरै विद्यार्थीरु मध्ये रिजु एक हुन भने यो ५ महिनाको बिचमा रिजुले ८ वटा अवार्ड पाएको शिक्षिका थापाले बताउनु भयो ।