“आज देशभरको मौसमी स्थिति : कस्तो रहला आजको मौसम?”


काठमाडौँ ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा आकाश सफा रहनेछ। राति पनि कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ।