काठमाडौं ।
यो वर्षको लिटिल आइडल नेपाल २०२५ को छनौट शनिवार हुदैछ । बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उदेश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

ट्रेवल फेसन कन्सन प्रालिका निर्दैशक शैलेन्द्र कुमार श्रेष्ठका अनुसार देशभरबाट छनौट भएका उत्कृष्ट बालबालिकाहरुले यो कार्यक्रममा भाग लिदै छन् । वागमति प्रदेशकी उपसभामुख अप्सरा चापागाईँको विशिष्ट आतित्थतामा जोरपाटीको पिस वैकुटमा आयोजना हुन लागेको फाइनल यो कार्यक्रमले वालवालकिाहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने निर्देशक श्रेष्ठ बताउँछन् ।

बालबालिकाहरुमा डराउने, लजाउने तथा समाजसामु लोल्न नसक्ने जस्ता समस्याहरुपनि यस्ता कार्यक्रमहरुले समाधान गर्न मद्धत पुग्ने कार्यक्रम सञ्चालिका निशा चापागाई बताउछिन् । सानै पढाई लेखाईका साथै सानै उमेरदेखि बालबालिकाहरू विभिन्न इभेन्टहरुमा सहभागी हुँदा उनीहरूमा उल्लेख्य क्षमता वृद्धि हुने उनको भनाई थियो ।











प्रतिक्रिया