सवारी दुर्घटनामा चार जनाको मृत्यु


काठमाडौं।

चितवन, भरतपुर महानगरपालिका-२३ जगतपुरस्थित सडकमा बा.प्र.३-००१ ग ००२९ नम्बरको बसले ना.६० प ३२७ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-६ बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका-९ स्थित सडकमा प्र.१-०२-०५४ प ८२७७ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९२ वर्षीय बिष्णु प्रसाद कोइरालाको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, दुधौली नगरपालिका-४ लक्ष्मीपुरस्थित सडकमा प्र.१-०२-००२ ख ४११ नम्बरको ट्रकमा प्र.२-०१-००१ प २१४२ नम्बरको मोटरसाइकल र म.प्र.०२-००६ प ५८४१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा सोही नगरपालिका-११ टाडी बस्ने ३४ वर्षीय राम कुमार कुमर र सोही नगरपालिका-३ बस्ने २५ वर्षीय फुल बाबु धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दुधौली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।