दोलखा।
राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला कुमारी पराजुलीले लैङ्गिक हिंसाको विषय संवेदनसिल हुने भएकोले यसको अन्त्यको लागि सरोकारवाला पक्षको विशेष पहल र चासो रहनु पर्ने बताएकी छन् ।
राष्ट्रिय महिला आयोगले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको महिला अधिकार प्रयोग र लैङ्गिक हिंसाको अवस्था विषयक समिक्षा बैठकमा आयोगको अध्यक्ष पराजुलीले परम्परागत रुपमा चल्दै आएको लैङ्गिक हिंसा यथावत रहेको र अहिले फरक स्वरुपमा समेत यो बढ्दै गएको उल्लेख गरिन् ।
अध्यक्ष पराजुलीले लैङ्गिक हिंसा अन्त्यको लागि पालिका स्तरीय न्यायीक समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अधिकारकर्मी, पत्रकार, नागरिक समाज सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरिन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको सभापतित्वमा सम्पन्न समिक्षा बैठकमा राष्ट्रिय महिला आयोगको सदस्य सावित्रा कुमारी शर्मा, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, जिल्ला न्यायधिवक्ता राधिका सुवाल, जिल्ला अदालत दोलखाका स्रेस्तेदार अन्जन भट्टराई, भीमेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अर्जुन कार्की, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, महिला अधिकारकर्मी सृजना कार्की, अधिकारकर्मी राजन वस्नेत लगायतले महिला हिंसाको स्वरुप, अवस्था र निराकरणको विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।











प्रतिक्रिया