नेपाल–बेलायत सांस्कृतिक सहकार्यलाई नयाँ आयाम: एडिनबर्गमा हिमालयन सेन्टर र नेपाली दूतावासबीच ऐतिहासिक समझदारी


एडिनबर्ग, स्कटल्याण्ड |

नेपाल र बेलायतबीचको सांस्कृतिक, शैक्षिक र पर्यटन सम्बन्धलाई नयाँ दिशा दिने उद्देश्यसहित एडिनबर्गस्थित हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चर र लन्डनस्थित नेपाली दूतावास बीच हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरको प्राङ्गगणमा एक कार्यक्रम राखिएको थियो। बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले एडिनबरास्थित हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरका लागि दूतावासको अभिभावकत्व रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

सेन्टरको संरक्षण र विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न दूतावास तत्पर रहेको बताएका हुन् । यो ऐतिहासिक सहकार्यले नेपाल बेलायत दुवै देशबीचको सांस्कृतिक कूटनीति, जन–स्तरीय सम्बन्ध, र दीर्घकालीन पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ। कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, स्कटल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय, स्थानीय सांस्कृतिक संस्था तथा सरकारी अधिकारीहरूको उपस्थितिमा सम्झौता सार्वजनिक गरिएको थियो।

“यो सहकार्य केवल औपचारिकता मात्र होइन, यो नेपाल र बेलायतबीचको सांस्कृतिक आत्मीयता, आपसी बुझाइ र साझा पहिचानको प्रतीक हो। हामीले संस्कृति र पर्यटनमार्फत दिगो मित्रताको नयाँ बाटो खोल्दैछौं।” भन्ने नेपाली दुताबास तथा सेन्टरका अध्यक्षको साझा बुझाई छ हिमालयन सेन्टर, जसले लामो समयदेखि स्कटल्याण्डमा रहेका नेपाली, भुटानी, भारतीय, बंगलादेशी र अन्य हिमालय क्षेत्रका समुदायहरूलाई एकसाथ जोड्दै आएको छ, अब यस सहकार्यमार्फत अझै संस्थागत, शैक्षिक र अन्तरसंस्कृतिक गतिविधिहरूमा सशक्तरूपमा अघि बढ्नेछ।

सहकार्यका मुख्य क्षेत्रहरू १. सांस्कृतिक आदानप्रदान र ज्ञान संवाद “हिमालयन दृष्टिकोण (Himalayan Vision):“हिमालय संवाद (Himalaya Samvad)” मञ्चमार्फत नेपाल र बेलायतबीचको सांस्कृतिक, शैक्षिक र पर्यटन सम्बन्धलाई सुदृढ गर्दै, हिमालयी सभ्यता, विविधता र सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने; नेपाललाई विश्वसामु सांस्कृतिक कूटनीतिक राष्ट्रको रूपमा उजागर गर्ने दीर्घकालीन दृष्टिकोण २. पर्यटन कूटनीति र प्रवर्द्धन नेपाल पर्यटन बोर्ड र दूतावासको सहकार्यमा “Gateway to Nepal” नामक वार्षिक पर्यटन सम्मेलन आयोजना गरिनेछ, जसले नेपाललाई युरोपमा सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रूपमा स्थापित गर्नेछ।

३. सामुदायिक समावेश र शैक्षिक पहल नेपाली भाषा र कला कार्यक्रम सञ्चालनसँगै, दक्षिण एसियाली र हिमालय क्षेत्रका समुदायबीच सहकार्य विस्तार गरी स्कटल्याण्डमा बहुसांस्कृतिक एकता र आपसी समझदारीलाई सुदृढ पारिनेछ। ४. घुम्तिसेवा लगायत काउन्सेलर सेवा हिमालयन सेन्टरमा प्रदान गरिने कार्ययोजना र लक्ष्यहरू • ६ महिनाभित्र: संयुक्त संचालन समिति गठन, एक प्रमुख सांस्कृतिक महोत्सवको आयोजना, र पर्यटन–उन्मुख अभियानको सुरुवात। • १२ महिनाभित्र: पहिलो “Gate way to Nepal” सम्मेलन र मान्यताप्राप्त नेपाली भाषा तथा कला कार्यक्रमको शुभारम्भ। • २ वर्षभित्र: हिमालयन सेन्टरलाई अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्दै नेपाल–युके पर्यटन कूटनीतिक साझेदारीलाई संस्थागत रूप प्रदान गर्ने । कार्यक्रमका अवसरमा हिमालयन सेन्टर फर आर्ट्स एण्ड कल्चरका अध्यक्ष मनिष खत्रीले नेपाल– बेलायत सम्बन्धलाई नयाँ आयाम दिने यो सहकार्यलाई ऐतिहासिक मोडको रूपमा वर्णन गर्दै भने — “यो सहकार्य दुई राष्ट्रबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्ने प्रयास हो।

हामी सीमाना होइन, सांस्कृतिक र मानवीय सम्बन्धको पुल निर्माण गर्दैछौं। यसले आगामी पुस्तालाई साझा पहिचान, आपसी सम्मान र सह–अस्तित्वको बलियो आधार प्रदान गर्नेछ।” विशेषज्ञहरूले यस साझेदारीलाई दक्षिण एसियामा सांस्कृतिक कूटनीतिक अभ्यासको आदर्श उदाहरणका रूपमा हेरेका छन्, जसले नेपाललाई कला, संस्कृति र पर्यटनमार्फत अन्तर्राष्ट्रिय स्तरमा सशक्तरूपमा प्रस्तुत गर्नेछ।

नेपाल र बेलायतबीचको २०० वर्षभन्दा लामो मित्रतालाई यस सहकार्यले पुनः पुष्टि गर्दै इतिहास, विविधता र साझास्वप्नको उत्सव मनाउने नयाँ अध्याय सुरु गरेको छ। कार्यक्रमको संयोजक शशी कर्किद्वारा गरिएको थियो भने कार्यक्रममा सहभागी एनआरएनए यूकेका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ, फाइफ कम्युनिटीका पूर्वअध्यक्ष राम बगाले, बोटानिक गार्डेनका डा. मार्क वाट्सन , डा. भास्कर अधिकारी , मोती खरेल, कृषि भेटवाल, चरन प्रधान, श्याम लिम्बू, मीना शर्मा, डिक राई, राम श्रेष्ठ, प्रशान्त थापा काजी, अर्जुन खत्री, एनआरएनए स्कटल्यान्डका पूर्वअध्यक्ष काशीराम भण्डारी लगायतले संस्थाको संरक्षण र समुदाय–दूतावास सहकार्यका विविध पक्षमा आफ्नो धारणा व्यक्त गरेका थिए। यो