काठमाडौं ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष साहित्यिक समारोहमा साहित्य र साहित्यिक क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका साहित्यि अनुरागी मोमिला जोशीलाई ‘केवलपुरे जनमत सम्मान–२०८०’ प्रदान गरियो ।
साहित्य र पत्रकारिता दुबै क्षेत्रमा सक्रिय रहँदै सिर्जनात्मक लेखनमार्फत समाजमा सन्देशमूलक योगदान दिँदै आउनुभएका स्रष्टालाई प्रतिष्ठानका अध्यक्ष एवम् जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मान गरिएको हो ।


जनमत साहित्यिक वाटिकाले ललितपुरको चाकुपाटमा आयोजना गरेको जनमत वाटिका महिला कविहरु कार्यक्रमका प्रमुख अतिथि तथा साहित्य समालोचक जोशीलाई कार्यक्रमका विशेष अतिथि प्रसिद्ध साहित्यकार उषा शेरचन, प्रतिष्ठानका अध्यक्ष दुवाल, प्रतिष्ठानका सदस्य तथा वाटिकाका संयोजक राजु सरकार, भारती श्रेष्ठ र प्रतिष्ठानका सदस्य तथा वाह जिन्दगीका सम्पादक सृजना दुवाल, प्रतिष्ठानका सदस्य प्रेम श्रेष्ठले स्रष्टालाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला, पदक तथा नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो ।
जोशीले कविता वाचन गरेर सुनाउँनुका साथै सम्मान ग्रहणपछि मनतब्यका क्रममा “साहित्य र साहित्यिक पत्रकारिताको यात्रामा आफ्नो कर्मको सामाजिक अनुमोदन पाउनु गौरवको कुरा हो,” भन्दै अध्यक्ष मोहन दुवाल, ‘वाह जिन्दगी’ पत्रिकाकी सम्पादक सिर्जना दुवाल, सम्पूर्ण जनमत परिवार तथा उपस्थित अतिथिहरूप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा काभ्रे, काठमाडौं, ललितपुर, सुनसरी, लमजुङका १४ जना कवि तथा कवियत्रीहरुले कविता वाचन गर्नुभएको थियो । देशमा सृजना भएको कोभिड १९ लगायतका विशम परिस्थितिका कारण केही समेदेखि वाटिकाको गतिविधि कम भएकाले अब निरन्तरता दिने गरि महिनामा १० जना कविहरुको कविता वाचन गर्ने गरि कार्यक्रमलाई निरन्तरता दिन शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष दुवालले जानकारी गराउँनुभयो ।
उक्त अवसरमा अध्यक्ष मोहन दुवालले जनमत वाङ्मय प्रतिष्ठानले विगतदेखि नै साहित्यिक पत्रकारिताको विकास र स्रष्टाहरूको सम्मानमा निरन्तर योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्य केवल सिर्जना होइन, सामाजिक चेतनाको आधार हो । जनमतले यस्ता सम्मानमार्फत सिर्जनशीलता र पत्रकारिताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।”
कार्यक्रममा साहित्य अनुरागी चेतनाथ धमलाले प्रस्तुत कविता माथी टीप्पणी गर्नुभएको थियो । कार्यक्रममा सहभागी साहित्यकार सिर्जना दुवालले पनि स्रष्टाको योगदान र निरन्तर सिर्जनात्मक यात्राको प्रशंसा गर्दै आगामी पुस्ताका लागि प्रेरणा बन्ने किसिमको सम्मान भएको उल्लेख गर्नुभयो ।

जनमत साहित्यिक वाटिक नेपाल, बनेपा–काभ्रेको तर्फबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका लेखक, पत्रकार, कवि र सांस्कृतिक अभियन्ताहरूको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा सम्मानित जोशीले आफूलाई प्रदान गरिएको सम्मान साहित्यिक यात्राको ऊर्जा र जिम्मेवारीको प्रतीक भएको उल्लेख गर्दै, साहित्य र पत्रकारिताको पुलबाट समाजमा सकारात्मक चेतना फैलाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिलाहरुले साहित्यलार्य पेशा बनाउन त्यति सजिलो छैन ।
सघर्ष गरेर अघि बढेका महिलालाई धेरै गाह्रो छ । आफ्नो विगतलाई सम्झदै उहाँले भन्नुभयो पढाईको सिलसिलामा आफु ३ पटक टपरमा लिष्टेड भएर अन्तिम चरण अर्थात चौथो पटक त्रिविले भूल सुधार भन्दै सूचना निकालेर निराश पार्दाको पिडादायी घटना सुनाउँदै लडेर उठ्नु ठूलो कुरा हो । यसले मलाई सघर्ष गर्न र अघि बढ्न ठूलो पाठ सिकाएको छ भन्नुभयो ।
कार्यक्रममा राजु सरकारले जीवन चल्ने साहस मात्र हो भन्दै साहित्य अनुरागीहरुको मेहनत र मूल्यांकन तर्फ राज्यको ध्यान पुग्नुपर्ने कुरा औल्याउँनुभयो । सोही अवसरमा अध्यक्ष दुवालले जनमत बाटिकाले गर्दै आएको सम्मान यस बर्ष दुई चरणमा मंसिर २७ गते र चैत्र २८ गते गर्ने जानकारी गराउँनुभयो । उहाँले आफुले निरन्तरता दिएको साहित्यिक संकल्प यात्रा हो भन्नुभयो ।
कविता वाचन गर्नेमा काभ्रे क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमला कायष्ठ, काभ्रेकै तारा केसी, लमजुङकी पूर्ण देवी न्यौपाने, काभ्रेकी राधा देबी राजबंशी, काभ्रेकै सारदा घिमिरे भैल, सुनसरीकी सविता श्रेष्ठ वेहोसी, ललितपुरकी डा.सविना श्रेष्ठ, डा.सावित्री श्रेष्ठ, सृजना दुवाल, मोती शोभा श्रेष्ठ हुनुहुन्थ्यो । त्यसैगरि विशेष कविता वाचनमा उषा शेरचन, मोमिला जोशी र मोहन दुवाल हुनुहुन्थ्यो ।













प्रतिक्रिया