कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थियो।

गत साउन ११ गते सार्वजनिक नियमित नतिजामा ६१।१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।